जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

मस्को । मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा पेरिसलाई एक प्रस्ताव गरेको छ । जासुसीको आरोपमा २० वर्षको जेल सजाय हुनसक्ने मुद्दामा छलफलका लागि मस्को सकारात्मक देखिएको छ ।
आश्चर्यजनक पछिल्लो प्रस्तावपछि रुस र फ्रान्स दुवैले राष्ट्रपति भ्लादिमिर पुटिन र इमानुएल म्याक्रोँबीच सम्भावित वार्ताका लागि चासो देखाएका छन् ।
स्विस गैर–सरकारी संस्थाका लागि द्वन्द्व मध्यस्थताको काम गर्ने र जुन २०२४ मा जेल परेका भिनाटियरले ‘विदेशी अधिकारकर्मी’ को रूपमा नाम दर्ता गर्न असफल भएको आरोपमा तीन वर्षको सजाय भोगिरहेका छन् । उनले जासुसीको नयाँ आरोपको सामना गरिरहेका छन् ।
भिनाटियरको परिवारले उनीमाथि लागेको आरोपलाई अस्वीकार गर्दै उहाँ युक्रेनमा युद्धलाई लिएर मस्को र पेरिसबीचको तनावको शिकार भएको बताएका छन् । पश्चिमा देशहरूले लामो समयदेखि रूसले आफ्ना नागरिकहरूलाई आधारहीन आरोपमा पक्राउ गरेको आरोप लगाउँदै आएका छन् । उनीहरूलाई युरोप र संयुक्त राज्य अमेरिकामा जेलमा रहेका कथित रूसी जासूस र साइबर अपराधीहरूको रिहाइको लागि ‘बार्गेनिङ चिप’को रूपमा प्रयोग गर्न खोजिरहेका छन् ।
रूसी नेता पुटिनले गत हप्ता ‘भिनाटियरको मुद्दालाई आफुले हेर्ने’ बताएका थिए । एक फ्रान्सेली पत्रकारले वर्षको अन्त्यमा टेलिभिजन पत्रकार सम्मेलनमा पुटिनलाई भिनाटियरको बारेमा सोधेका थिए ।
यसपहिले, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्ववर्ती जो बाइडेनको मध्यस्थतामा थुनामा रहेका कैयौँ अमेरिकी नागरिकलाई र रिहा गरिएको छ । मूल मुद्दामा, अभियोजकहरूले भिनाटियरलाई रूसी अधिकारीहरूसँग दर्ता नगरी सैन्य जानकारी सङ्कलन गरेको आरोप लगाएका छन् । उनले दर्ता गर्नु आवश्यक थियो भन्दै अन्जानमा दर्ता नगरिएको भन्दै माफी मागेका थिए । -रासस/एएफपी








प्रतिक्रिया