अर्घाखाँची विद्यार्थी सवार जिप दुर्घटना, एक जनाको मृत्यु, १६ घाइते
नेपालखोज
२०८२ पुष ११ गते १४:०७

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।
घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो ।
दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका आजका सबै खेल स्थगन भएका गरिएका नगरपालिकाले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया