गृहसचिव श्रेष्ठद्वारा पदभार ग्रहण

नेपालखोज २०८२ पुष १४ गते २०:५८

काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका गृहसचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई गएका सचिव रामेश्वर दङ्गाललाई बिदाइ गरे ।

गृहमन्त्री अर्यालको निजी सचिवालयकाअनुसार गृहसचिवको नयाँ जिम्मेवारी सम्हालेएका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

मन्त्रालयमा बसेर आजसम्म गर्नुभएको कार्यप्रति सचिव दङ्गाललाई धन्यवाद दिए । गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरुको साथ सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बदलिँदो परिस्थिति र नागरिकको जनभावना अनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन समेत दिए । मन्त्रिपरिषद्को पुस ११ गते बसेको बैठकले सचिव दङ्गालको लोकसेवा आयोगमा र सचिव श्रेष्ठको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा सरुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया