हुन्डाई मोटर कम्पनीले मनायो ५७ औं वार्षिकोत्सव

नेपालखोज २०८२ पुष १५ गते २०:२१

काठमाडौं । हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ ।

सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधानहरू निरन्तर रूपमा प्रदान गर्दै आएको छ ।

हुुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ । यो महत्वपूर्ण उपलब्धि मनाउँदै गर्दा, कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ ।

प्रतिक्रिया