प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा अर्याल नियुक्त

नेपालखोज २०८२ पुष १६ गते १६:४५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन ।

कम्पनीका अनुसार यही पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

त्यसैगरी कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएको पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया