सामाजिक सद्भाव कायम राख्न प्रशासनको आह्वान

नेपालखोज २०८२ पुष २० गते १४:५२

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आह्वान गरेका थिए ।

‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।’

प्रतिक्रिया