नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता

नेपालखोज २०८२ पुष २० गते १५:२४

काठमाडौं । नेपाल बैंक र मेडिकेयर हस्पिटलबिच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेवटि कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लि. को तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटल लि. बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया