करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन् : प्रतिवेदन

नेपालखोज २०८२ पुष २२ गते १४:११

सिड्नी । लगभग ७० लाख अस्ट्रेलियालीहरू घातक जङ्गली आगोको उच्च जोखिममा रहेको क्षेत्रमा बसोबास गर्दै आएको गैरसरकारी संस्था क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्सन (इएलसिए) ले मङ्गलबार प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनले प्रमुख सहरहरूको बाहिरी इलाकाहरूमा बसोबास गरिरहेका अष्ट्रेलियालीहरु सन २०२५ जनवरीमा लस एन्जलस (एलए) जङ्लमा लागेको आगो जस्तै सहरी आगलागीको जोखिममा रहेको चेतावनी दिएको छ ।

प्रतिवेदनले सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, होबार्ट र क्यानबेराका प्रमुख सहरहरूको बाहिरी भागमा सहरी किनारामना एलए आगलागी विनाशकारी हुने जनाएको छ ।

प्रतिवेदनका अनुसार प्रमुख शहरहरूको बाहिरी उपनगरहरूमा बसोबास गर्ने अष्ट्रेलियालीहरूको सङ्ख्या सन् २००१ देखि ६५.५ प्रतिशतले बढेर ६९ लाख भन्दा बढी पुगेको छ भने उच्च जोखिममा रहेका आगो क्षेत्रमा ९० प्रतिशत घरहरू आधुनिक बुशफायर र कमजोर मापदण्डमा निर्माण गरिएका छन् ।

यसले अघिल्लो अनुसन्धानलाई उद्धृत गर्दै आगलागी उच्च मृत्युको कारण भएको जनाएको छ । इएलसिएका संस्थापक र न्यू साउथ वेल्स राज्यका पूर्व अग्नि आयुक्त ग्रेग मुलिन्सले विज्ञप्ति मार्फत लगभग हरेक अष्ट्रेलियाली सहरमा लस एन्जलस जस्ता खतरनाक आगलागीको पूर्व सर्तहरूको खतरा रहेको बताएका छन् ।

उनले विनाशकारी आगलागीको सम्भावनालाई बढ्दो रूपमा सामना गरिरहेको बताउदै ‘जलवायु प्रदूषण’ले अहिले आगोको मौसमको अवस्था बिग्रँदै गइ आधुनिक आगो निभाउने र रोकथाम क्षमताहरूको सीमाभन्दा बाहिर हुने बताएका छन् ।

प्रतिवेदनले जलवायु प्रदूषण घटाउनुका साथै सहरी क्षेत्रमा आपतकालीन सेवा व्यवस्थापन क्षमतालाई प्राथमिकताका रूपमा बढाउन आग्रह गरेको छ । – रासस/सिन्ह्वा

प्रतिक्रिया