झन्डै १० अंकले बढ्दा सात अर्ब १२ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो २८ दशमलव ७३ अंकले बढेको नेप्से आज पुन नौ दशमलव ९३ अंकले बढेर २६ सय ४९ दशमलव ३० अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले बढेर चार सय ५७ दशमलव २३ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३४ वटा कम्पनीहरुको ८८ हजार तीन सय ६२ पटकको कारोबारमा एक करोड ४८ लाख ३१ हजार दुई सय ४१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब १२ करोड ३३ लाख ६५ हजार दुई सय ९६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोा भएकोमा होटल तथा उत्पादनमुलक समूहको सुचक १६ दशमलव ७२ अंकले घटेर सात हजार एक सय १९ दशमलव ६२ अंकमा झरेको छ भने उत्पादनमुलक समूहको सूचक ४६ दशमलव चार अंकले घटेको छ ।
यि बाहेक बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ९९ अंकले बढेर १३ सय ७५ दशमलव १४ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि ४४ दशमलव ४१ अंकले बढेर पाँच हजार छ सय १२ दशमलव ३७ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक पनि ६६ दशमलव ६४ अंकले बढेर २३ सय ८८ दशमलव १६ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि चार दशमलव ६६ अंकले बढेर ३३ सय ६५ दशमलव शून्य पाँच अंकमा चढेको छ ।
यसैगरी जीवन बीमा समूहको सुचक पनि पाँच दशमलव ५९ अंकले बढेर १२ हजार आठ सय ८२ दशमलव ५३ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि १३ दशमलव १७ अंकले बढेर १० हजार नौंं सय ५५ दशमलव ४२ अंकमा पुगेको छ ।
यि बाहेक लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ३३, ४१ दशमलव ४२, शुन्य दशमलव शुन्य नौं, १८ दशमलव १६ र २० दशमलव ५० अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जीवन बिकास लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एसवाई प्यानल नेपाल लिमिटेड परेको छ ।

प्रतिक्रिया