राष्ट्रपति रामचन्द्र पौडेलले गरे राष्ट्रियसभाको अधिवेशन आह्वान
नेपालखोज
२०८२ पुष २८ गते १७:२५

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
माघ ४ बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभा बैठक बस्नेछ । यसअघि बानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभा बैठक बस्ने गरेकामा जेनजी आन्दोलनका क्रममा जलाइएपछि सिंहदरबारमा बस्न लागेको हो ।
सम्बन्धित

प्रतिक्रिया