सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच सम्झौता
नेपालखोज
२०८२ पुष २८ गते १८:३४

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल) बिच सम्झौंंता भएको छ । एनपिएस नेशनल कार्ड स्वीच अन्तर्गत डोमेस्टिक कार्ड स्किम–नेपाल पे कार्डको प्रमुख सदस्यताको लागि उक्त सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार एनपिएस नेशनल कार्ड स्वीचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।
सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया