नयाँ चार्टर्ड एकाउन्टेन्टका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम हुँदै

नेपालखोज २०८२ पुष २८ गते १९:३६

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनिहरूको करियर सुरुवातमा सहयोग पु¥याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ । यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको यस संस्था नेपालमा लेखाव्यवसायको नियमन र प्रवद्र्धन गर्ने स्वायत्त संस्था हो । यस क्याम्पस प्लेसमेन्ट कार्यक्रम मार्फत आइक्यानले दक्ष, इमान्दार र पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टहरूलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा फिनटेन कम्पनीहरू तथा अन्य रोजगारदाताहरुको सहभागिता रहनेछ ।

संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमको बारेमा संस्थाका अध्यक्षा सिए निल बहादुर सारु मगरले भने ‘नयाँ चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेको छ । यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमानदार र नैतिक लेखा विज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो ।’

यस क्याम्पस प्लेसमेन्ट प्रोग्राममा संस्था का नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरू सहभागी हुनेछन् र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त गर्नेछन् ।

आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकासलाई सशक्त बनाउनुका साथै संस्थाहरूलाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया