नेप्से झन्डै छ अंकले बढ्दा कारोबार रकम सात अर्ब नजिक

काठमाडौं । नेप्सेमा सुधार देखिएको छ । अघिल्लो दिन पाँच दशमलव ५४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने चार दशमलव ९० अंकले बढेर २६ सय ३९ दशमलव ९१ अंकमा चढेको छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ अंकले बढेर चार सय ५४ दशमलव ८६ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको ७७ हजार १७ पटकको कारोबारमा एक करोड ३६ लाख २४ हजार आठ सय २४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेको छ ।
जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ९४ अंकले घटेर १३ सय ७० दशमलव ५६ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि सात दशमलव शून्य पाँच अंकले घटेर २३ सय ६२ दशमलव ८२ अंकमा झरेको छ ।
यसैगरी जीवन बीमा समुहको सूचक पनि २२ दशमलव शुन्य १० अंकले घटेर १२ हजार आठ सय ६८ दशमलव ९० अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी समूहको सूचक पनि क्रमशः ३४ दशमलव १०, २१ दशमलव २१ र नौं दशमलव ९२ अंकले घटेका छन् ।
बिकास बैंक समूहको सूचक भने आज शुन्य दशमलव ४१ अंकले बढेर ५५ सय ७६ दशमलव ९५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव २४ अंकले बढेर ३३ सय ७९ दशमलव ४९ अंकमा चढेको छ ।
निर्जीवन बीमा समुहको सुचक पनि १० दशमलव ७७ अंकले बढेर १० हजार नौंं सय नौं दशमलव ११ अंकमा चढेकोमा लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य चार, शुन्य दशमलव शुन्य आठ, १८ दशमलव ३५ र ३६ दशमलव ८० अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रसुवागढी हाईड्रोपावर लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया