पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

नेपालखोज २०८२ माघ २ गते ८:०३

गण्डकी । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ ।

युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत  कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए ।

पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ । रासस

प्रतिक्रिया