सातामा १९ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय ४१ दशमलव ४३ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय ४९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख २८ हजार चार सय ९६ पटकको कारोबारमा तीन करोड ८४ लाख ३९ हजार पाँच सय ३८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ६७ करोड २५ लाख ३० हजार सात सय४७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा नौ अर्ब रुपैयाँले कम हो ।
गत साता तीन सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ९४ हजार सात सय ८९ पटकको कारोबारमा पाँच करोड ८६ लाख ३० हजार सात सय ९५ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ६९ करोड ७८ लाख ७४ हजार सात सय ७४ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा तीन कार्य दिन मात्र खुलेको थियो । जसमध्ये दोस्रो दिन घटेको नेप्से तेस्रो र चौैंथो दिन बढेको थियो । पहिलो र पाँचौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से सार्वजनिक बिदा परेकाकारण बन्द रहेको थियो । दोस्रो दिन भने नेप्से परिसुचक पाँच दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार छ सय ३५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६१ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ३१ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन भने नेप्से परिसुचक चार दशमलव ९० अंकले उकालो लागेर दुई हजार छ सय ३९ दशमलव ९१ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले उकालो लागेर चार सय ५४ दशमलव ८६ बिन्दुमा चढेको थियो ।
चौथो दिन पनि नेप्से परिसुचक एक दशमलव ५२ अंकले उकालो लागेर दुई हजार छ सय ४१ दशमलव ४३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १३ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ७३ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन पनि सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एसवाई प्यानल नेपाल, राधी जलबिद्युत कम्पनी लिमिटेड आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया