एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

नेपालखोज २०८२ माघ ४ गते ११:५८

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ ।

नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् । नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुनुहुन्छ भने कागते पूर्वप्रदेशसभा सदस्य छन् ।

नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन हुनुभएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् । निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।

प्रतिक्रिया