चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो

नेपालखोज २०८२ माघ ४ गते २०:३०

सान्टियागो, चिली । चिलीमा डढेलोका कारण करिब २० हजार मानिसहरू विस्थापित भएपछि चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले आइतबार दुई दक्षिणी क्षेत्रमा आपतकाल घोषणा गरेका थिए ।

अग्निनियन्त्रकहरूले देशभरि १९ वटा डढेलोसँग जुधिरहेका छन् भने १२ वटा राजधानी सान्टियागोको दक्षिणमा रहेको नुबल र बायोबायो क्षेत्रमा छन् । ‘गम्भीर डढेलोको सामना गर्न मैले न्यूबल र बायोबायो क्षेत्रहरूको लागि प्राकृतिक प्रकोपको स्थिति घोषणा गर्ने निर्णय गरेको छु,’ वामपन्थी राष्ट्रपति बोरिकले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा भनेका छन् ।

आगलागीबाट कसैको मृत्यु भएको छ वा कति घरमा क्षति पुगेको छ भन्ने बारेमा सरकारले केही बताएको छैन । ‘नेसनल सर्भिस फर डिजास्टर प्रिभेन्सन एन्ड रेस्पोन्स’की निर्देशक एलिसिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई करिब २० हजार व्यक्तिलाई उद्धार गरिएको बताए ।

उनले भने, ‘लगभग ६० हजार जनसङ्ख्या रहेको पेन्को र लिर्केनको बिबियो नगरहरूमा अधिकांश विस्थापित भएका छन्।’ स्थानीय टेलिभिजनले प्रसारण गरेका तस्वीरमा दुवै नगरमा आगो लागेको र सडकमा डढेका कारहरू रहेका देखिएका छन् । हालैका वर्षहरूमा दक्षिण–मध्य चिलीमा डढेलोले गम्भीर असर पारेको छ ।

सरकारी अभियोजकको कार्यालयका अनुसार सन् २०२४ फेब्रुअरीमा सान्टियागोको उत्तरपश्चिममा भिना डेल मार शहर नजिकै एकैसाथ धेरै स्थानमा आगलागी भएका छन् । उक्त आगलागीमा कम्तीमा १३८ जनाको मृत्यु भएको थियो। ती डढेलोबाट करिब १६ हजार मानिस प्रभावित भएका थिए । -रासस/एएफपी

प्रतिक्रिया