आजको सम्भावित मौसम : तराईमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने

नेपालखोज २०८२ माघ ६ गते ९:४४

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

प्रतिक्रिया