स्किल विक २०२६ को समापन : पाँच व्यक्तित्व ’स्किल हिरो अवार्ड’बाट सम्मानित

नेपालखोज २०८२ माघ ६ गते १४:३५

काठमाडौं । ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ’स्किल विक २०२६’ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ । प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो ।

’स्किल विक २०२६’ विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ । यस वर्ष यस हप्तालाई कार्यशाला, सिप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा ’इन्फोटेनमेन्ट’ हप्ताको रूपमा मनाइयो।

जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए। कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए।

कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई ’स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको थियो । उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो ।

पाँच विधामा ’स्किल हिरो अवार्ड २०२६’ प्रदान
आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको ’स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको छ । अवार्डका विजेताहरू यस प्रकार छनः

पर्यटन र आतिथ्य ः ऋषभ अग्रवाल मुम्बई र पेरिसको इकोल डुकासबाट पाक कलामा विशेषज्ञता हासिल गरेका अग्रवालले काठमाडौँमा ’सिल्क आर्टिसनल क्रिमरी’ मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमलाई जोडेका छन् ।

कला र संस्कृति ः किशोर कायस्थ दुई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय कायस्थले विशेषगरी ’मुस्ताङ नोस्टाल्जिया’ मार्फत नेपालको फेरिएको भूगोल र जनजीवनलाई कलात्मक रूपमा कैद गगरेका छन् ।

उद्यमशीलता ः सुश्री अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ श्रेष्ठले ’मक्कुसे’ नामक लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइलाई (पुस्टकारी) आधुनिक र विश्वव्यापी बजारमा पु¥याउन सफल भएकी छन् ।

विज्ञान र प्रविधि ः समीर फुयाँल ग्लोकल टिन हिरो २०१९ का विजेता समीरले ’बाइटकेयर टेक्नोलोजी’ मार्फत ’कारोबार एप’ विकास गरी साना व्यवसायीहरूलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

प्रशिक्षुता ः सुश्री सोनाम नेम्वाङ डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता मार्फत व्यावसायिक सफलता हासिल गरेकी सोनामले युवाहरूका लागि सीपमूलक शिक्षाको महत्त्वलाई उजागर गरेकी छन् ।

प्रतिक्रिया