सातामा ३८ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ माघ ९ गते १५:५६

काठमाडौं । यो साता नेप्से परिसुचक २७ सय १४ दशमलव ६१ बिन्दुमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६५ दशमलव ४२ बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय ३९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ९४ हजार पाँच सय ६६ पटकको कारोबारमा आठ करोड २५ लाख १४ हजार सात सय ६५ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ३८ अर्ब २५ करोड ८८ लाख ४७ हजार दुई सय ९२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै २० अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा तीन सय ४९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख २८ हजार चार सय ९६ पटकको कारोबारमा तीन करोड ८४ लाख ३९ हजार पाँच सय ३८ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ६७ करोड २५ लाख ३० हजार सात सय४७ रुपैयाँ पुगेको पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुलेको थियो । जसमध्ये चौंथो दिन घटेको नेप्से पहिलो, तेस्रो र पाँचौं दिन बढेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ३१ दशमलव १२ अंकले उकालो लागेर दुई हजार छ सय ७२ दशमलव ५५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले उकालो लागेर चार सय ५९ दशमलव ४३ बिन्दुमा चढेको थियो ।

तेस्रो दिन पनि नेप्से परिसुचक ४२ दशमलव २६ अंकले उकालो लागेर दुई हजार सात सय १४ दशमलव ८१ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८२ अंकले उकालो लागेर चार सय ६७ दशमलव २५ बिन्दुमा चढेको थियो ।

चौथो दिन पुन नेप्से परिसुचक नौ दशमलव ४३ अंकले ओरालो लागेर दुई हजार सात सय पाँच दशमलव ३८ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३५ अंकले ओरालो लागेर चार सय ६५ दशमलव ९० बिन्दुमा झरेको थियो ।

पाँचौं दिन भने नेप्से परिसुचक नौं दशमलव २३ अंकले उकालो लागेर दुई हजार सात सय १४ दशमलव ६१ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ४७ अंकले ओरालो लागेर चार सय ६५ दशमलव ४२ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा एसवाई प्यानल नेपाल, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया