तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग

नेपालखोज २०८२ माघ ११ गते ९:०२

तनहुँ । जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि जनशक्ति अभाव भएको जनाउँदै पुनः दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरीका लागि एक हजार पाँच सय ७३ जनाको निवेदन माग गरिएकामा तनहुँमा एक हजार ४३३ जनाको निवेदन परेको थियो ।

कार्यालयले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य जाँचपश्चात् एक हजार २३६ जना उत्तीर्ण गरी लिखित परीक्षा सञ्चालन गरेकामा एक हजार २१६ जना उत्तीर्ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

कार्यालयले सूचना जारी गरी निर्वाचन प्रहरीको थप दरखास्त माग गरेको छ । कार्यालयले यसअघि पुस २५ गतेदेखि माघ ३ गतेसम्म दरखास्त लिएकामा पुनः माघ १० र ११ गते दुई दिन निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रनाउ विकका अनुसार जिल्ला प्रहरी कार्यालय दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय बेलचौतारा, इलाका प्रहरी कार्यालय भानु र इलाका प्रहरी कार्यालय बन्दीपुरमा निवेदन दिन सकिनेछ ।

पुनः आवेदन माग गरिएकामा शनिबार एक सय ९२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ६७ जना महिला र एक सय २५ जना पुरुष छन् ।

प्रतिक्रिया