गभर्नर पौडेल र आरबीआईका गभर्नर मलहोत्राबीच भेटवार्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबीआई) का गर्भनर सञ्जय मलहोत्राबीच भेटवार्ता भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही माघ पाँच गते मुम्बईस्थित आरबीआईको मुख्यालयमा उक्त भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय विद्युतीय भुक्तानी भुक्तानी कारोबार दुईपक्षीय हितका विषयमा छलफल भयो । भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।
यसैगरी, मौद्रिक नीति, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरिवेक्षण, सूचना प्रविधिको क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यास बारे छलफल भएको थियो । साथै, वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलासँगै दुईपक्षीय दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।
नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।
भारत भ्रमणका दौरान गभर्नर पौडेलले ६ गते गुजरात, अहमदाबादस्थित ’इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए ।
भेटका अवसरमा अथोरिटीकाका तर्फबाट ’गुजराज इन्टरनेसनल फाइनान्स टेक सिटी गिफ्ट अवधारणा, हालको अवस्था, लगानी प्रवद्र्धनको लागि अवलम्बन गरिएका नीति र नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया