नेप्सेको उच्चवृद्धिमा लाग्यो ब्रेक, तीन अंकले घट्दा १६ अर्ब ३५ करोडको सेयर किनबेच

नेपालखोज २०८२ माघ १२ गते १५:३१

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ५७ दशमलव ५५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव शुन्य सात अंकले घटेर २७ सय ६९ दशमलव शुन्य नौं अंकमा झरेको छ ।

यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले घटेर चार सय ७१ दशमलव ८३ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ३२ वटा कम्पनीहरुको एक लाख ४७ हजार छ सय ७६ पटकको कारोबारमा तीन करोड ६२ लाख ६४ हजार आठ सय ७३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार चार सय ६६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् ।

जसमध्ये होटल तथा पर्यटन समूहको सूचक एक सय २७ दशमलव ६८ अंकले बढेर सात हजार सात सय ५५ दशमलव शून्य पाँच अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि ११ दशमलव शुन्य चार अंकले बढेर ३६ सय दुई दशमलव ४७ अंकमा पुगेको छ ।

यसैगरी उत्पादनमुलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३८ दशमलव ९४ र शुन्य दशमलव १६ अंकले बढेका छन् ।

यि बाहेक वाँणिज्य बैंक समूहको सूचक दुई दशमलव ३६ अंकले घटेर १४ सय १४ दशमलव २१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि तीन दशमलव ७८ अंकले घटेर पाँच हजार नौं सय ७९ दशमलव ४२ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि १२ दशमलव १४ अंकले बढेर २६ सय ३७ दशमलव ६१ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि ७१ दशमलव ८६ अंकले घटेर १३ हजार चार सय २५ दशमलव ३८ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ३३ अंकले घटेर ११ हजार चार सय एक दशमलव शून्य छ अंकमा झरेकोमा लगानी, लघुवित्त, अन्य र व्यापार समूहको सुचक पनि क्रमशः शुन्य दशमलव ५९, २५ दशमलव ५४, १२ दशमलव ४४ र चार दशमलव ७१ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एसवाई प्यानल नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन पावर पार्टनर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया