सेयर बजार ४२ अंकले घट्दा १४ अर्ब १६ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा भिषण पहिरो गएको छ । अघिल्लो दिन तीन दशमलव शुन्य सात अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन ४२ दशमलव ५८ अंकले घटेर २७ सय २६ दशमलव ५१ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले घटेर चार सय ६४ दशमलव ४६ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ३३ वटा कम्पनीहरुको एक लाख ४२ हजार चार सय ७६ पटकको कारोबारमा तीन करोड दुई लाख ६२ हजार सात सय १० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार चार सय ४२ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ भने बाँकी सबै समूहको सूचक उच्च अंकले घटेका छन् । ति मध्ये वाँणिज्य बैंक समूहको सूचक २१ दशमलव शून्य नौ अंकले घटेर एक हजार तीन सय ९३ दशमलव १२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ५९ दशमलव ९८ अंकले घटेर पाँच हजार नौ सय १९ दशमलव ४४ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि ६४ दशमलव ५० अंकले घटेर २५ सय ७३ दशमलव १० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ८१ अंकले घटेर तीन हजार पाँच सय ५१ दशमलव ६६ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि दुुई सय ४९ दशमलव ६६ अंकले घटेर १३ हजार एक सय ७५४ दशमलव ७२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९९ दशमलव ४१ अंकले घटेर ११ हजार दुई सय एक दशमलव ६४ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ४७ दशमलव ८८, एक दशमलव ८३, एक सय ३४, ७३ दशमलव १४, ४८ दशमलव २२ र १९ दशमलव ६० अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया