सातामा ७० अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच

काठमाडौं । नेप्से परिसुचक यो साता २७ सय १४ दशमलव पाँच बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६२ दशमलव ६८ बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय ३४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार छ लाख ८४ हजार पाँच सय ५६ पटकको कारोबारमा १५ करोड ६५ लाख ३८ हजार आठ सय ९१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ७० अर्ब ३६ करोड ५७ लाख ६७ हजार छ सय पाँच रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ४० अर्ब रुपैयाँले बढी हो ।
गत साता तीन सय ३९ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ९४ हजार पाँच सय ६६ पटकको कारोबारमा आठ करोड २५ लाख १४ हजार सात सय ६५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३८ अर्ब २५ करोड ८८ लाख ४७ हजार दुई सय ९२ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो ।
जसमध्ये दोस्रो, तेस्रो र पाँचौ दिन ओरालो लागेको नेप्से परिसुचक पहिलो र चौंथो दिन उकालो लागेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले उकालो लागेर दुई हजार सात सय ७२ दशमलव १७ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव शून्य पाँच अंकले उकालाे लागेर चार सय ७३ दशमलव ४८ बिन्दुमा चढेको थियो ।
दोस्रो दिन नेप्से परिसुचक तीन दशमलव शुन्य सात अंकले ओरालो लागेर दुई हजार सात सय ६९ दशमलव नौं बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ८३ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन मंगलबार पनि नेप्से परिसुचक ४२ दशमलव ५८ अंकले ओरालो लागेर दुई हजार सात सय २६ दशमलव ५१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले ओरालो लागेर चार सय ६४ दशमलव ४६ बिन्दुमा झरेको थियो ।
चौथो दिन भने नेप्से परिसुचक पाँच दशमलव आठ अंकले उकालो लागेर दुई हजार सात सय ३१ दशमलव ५९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ६४ दशमलव २६ बिन्दुमा झरेको थियो ।
पाँचौं दिन भने नेप्से परिसुचक १७ दशमलव ५३ अंकले ओरालो लागेर दुई हजार सात सय १४ दशमलव पाँच बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले ओरालो लागेर चार सय ६२ दशमलव ६८ बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी, एसवाई प्यानल नेपाल लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड लिमिटेड अगाडि परेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया