बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै
नेपालखोज
२०८२ माघ १७ गते १२:५६

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।
बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले राससलाई जानकारी दिए ।
त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
त्यसैगरी, बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि रु दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उनले दिए ।
आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
सम्बन्धित

प्रतिक्रिया