प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

नेपालखोज २०८२ माघ २० गते ११:०२

काठमाडौं । प्रभु बैंकको सीईओमा बैंकर सुमन शर्मा नियुक्त भएका छन् । प्रभु बैंकको सीईओ रहेका अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि बैंकले सोमबारै नयाँ सीईओ नियुक्त गरेको हो ।

यसअघि सनराइज बैंकको सीईओ रहेका शर्मालाई प्रभु बैंक सञ्चालक समितिले बैंकको जिम्मेवारी सुम्पेको हो ।

शर्मा तत्कालीन सनराइज बैंक लक्ष्मी बैंकमा मर्जर भएपछि बाहिरिएका थिए । उनी त्यसअघि ग्लोबल आइएमई बैंकमा डिसिईओ माछापुच्छ्रे बैंकमा सीईओको जिम्मेवारी निर्वाह गरिसकेका बैंकर हुन् ।

प्रतिक्रिया