नेप्सेमा सामान्य गिरावट, झन्डै दुई अंकले घट्दा सात अर्ब ४९ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन १२ दशमलव ५८ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि एक दशमलव ६४ अंकले घटेर २६ सय ८१ दशमलव ५० अंकमा झरेको छ ।
कारोबार खुलेको पहिलो घण्टा २२ दशमलव १७ अंकले घटेपनि आज केही समय नेप्से बन्द रहेको थियो भने त्यसपछि नेप्से क्रमश सम्हालिएको थियो ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले घटेर चार सय ५६ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २६ वटा कम्पनीहरुको ८० हजार चार सय २२ पटकको कारोबारमा एक करोड ६६ लख ८२ हजार छ सय २६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४९ करोड ९७ लाख ४२ हजार ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३८ अंकले घटेर १३ सय ६४ दशमलव ६८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि १७ दशमलव १९ अंकले घटेर १२ हजार आठ सय ९८ दशमलव ३९ अंकमा झरेको छ ।
उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः ५० दशमलव १६, १५ दशमलव १३ ,शुन्य दशमलव शुन्य छ र सात दशमलव २५ अंकले घटेका छन् ।
यि बाहेक बिकास बैंक समुहको सुचक भने छ दशमलव शुन्य सात अंकले बढेर पाँच हजार सात सय ६४ दशमलव ९० अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि २३ दशमलव ३३ अंकले बढेर २५ सय २३ दशमलव ६५ अंकमा चढेको छ ।
जलबिद्युत समुहको सुचक पनि १३ दशमलव ४० अंकले बढेर तीन हजार पाँच सय २२ दशमलव ९३ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव १८ अंकले बढेर ११ हजार ३६ दशमलव ९४ अंकमा पुगेको छ । होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि क्रमशः १४ दशमलव शुन्य आठ र १८ दशमलव ९१ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक दर्शन लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एचएलआई लार्ज क्याप फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया