२७ सय आठ दशमलव ७० बिन्दुमा नेप्से, सातामा ४५ अर्ब चार करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ माघ २३ गते १५:०७

काठमाडौं । यो साता नेप्से परिसुचक २७ सय आठ दशमलव ७० बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६० दशमलव ४८ बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार चार लाख ८३ हजार तीन सय ६६ पटकको कारोबारमा ११ करोड पाँच लाख २८ हजार छ सय ६६ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ४५ अर्ब चार करोड ७५ लाख ७१ हजार तीन ८९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै २५ अर्ब रुपैंयाँले कम हो ।

गत साता तीन सय ३४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । सो अनुसार छ लाख ८४ हजार पाँच सय ५६ पटकको कारोबारमा १५ करोड ६५ लाख ३८ हजार आठ सय ९१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ७० अर्ब ३६ करोड ५७ लाख ६७ हजार छ सय पाँच रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । जसमध्ये दोस्रो र पाँचौं दिन बढेको नेप्से बाँकी तीन कार्य दिन घटेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक १९ दशमलव ८५ अंकले ओरालो लागेर दुई हजार छ सय ९४ दशमलव २० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७६ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ९१ बिन्दुमा झरेको थियो ।

दोस्रो दिन नेप्से परिसुचक एक दशमलव ५३ अंकले उकालो लागेर दुई हजार छ सय ९५ दशमलव ७३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले ओरालो लागेर चार सय ५९ दशमलव १६ बिन्दुमा झरेको थियो ।

तेस्रो दिन मंगलबार भने नेप्से परिसुचक १२ दशमलव ५८ अंकले ओरालो लागेर दुई हजार छ सय ८३ दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४५ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ७१ बिन्दुमा झरेको थियो ।

चौथो दिन पनि नेप्से परिसुचक एक दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार छ सय ८१ दशमलव ५० बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७० अंकले ओरालो लागेर चार सय ५६ बिन्दुमा झरेको थियो ।

पाँचौं दिन भने नेप्से परिसुचक २७ दशमलव १९ अंकले उकालो लागेर दुई हजार सात सय आठ दशमलव ७० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले उकालो लागेर चार सय ६० दशमलव ४८ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा आखुखोला जलबिद्युत कम्पनी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड लगायतका कम्पनीहरु अगाडि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा नेपाल पुर्नबीमा कम्पनी, ङादी ग्रुप पावर लिमिटेड अगाडि परेको छ ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया