मेरो माइक्रोफाइनान्सद्वारा देबिघाट जालपा क्लबलाई डस्बिन र कम्प्युटर सहयोग

नेपालखोज २०८२ माघ २७ गते १५:२४

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देबिघाट जालपा क्लबलाई सहयोग प्रदान गरेको छ ।

स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोटस्थित जालपा मन्दिर परिसरमा आयोजित एक समारोह बीच संस्थाले क्लबलाई १६ थान डस्बिन र एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले क्लबका अध्यक्ष नवीन चित्रकारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत दाहालले मन्दिर वरपरको स्वच्छता कायम गर्नु समाजप्रतिको आस्था र उत्तरदायित्वको प्रतिविम्ब भएको बताए ।

उनले देबिघाट जालपा क्लबले समाजका हरेक क्षेत्रमा सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै निरन्तर सकारात्मक तथा उदाहरणीय कार्य गर्न सफल होस् भनी शुभकामना व्यक्त गरे ।

समारोहमा संस्थाका कर्मचारी, स्थानीय व्यक्तित्व, क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया