नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच सम्झौता
काठमाडौं । नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बिच सम्झौता भएको छ । बैंकका अनुसार बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको पाँच देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रा. लि. को तर्फबाट सञ्चलाक समितिका सदस्य श्री सैलेन्द्र महासेठले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रा. लि. द्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया