जावलाखेल डिस्टिलरीद्वारा नेपालको रेडी–टु–ड्रिङ्क विधामा अग्रणी फड्को

नेपालखोज २०८२ फागुन ४ गते १८:५९

काठमाडौं । जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो । ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरेर तयार गरिएको जनाएको छ ।

आजका अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवालाई ध्यानमा राख्दै तयार गरिएको यस पेयले मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पीच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै यसलाई आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको छ ।

जावलाखेल डिस्टिलरीका अनुसार ‘रुस्लान’ ले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको छ ।

२७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाडौँका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया