स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

नेपालखोज २०८२ फागुन ६ गते ९:५२

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चांग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले कानुनअनुसार समितिबाट स्वीकृति नलिई पात्रो तथा क्यालेन्डर प्रकाशन गर्न नपाइने बताए । 

‘समितिबाट स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइँदैन, यदी कसैले स्वीकृत नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे एक लाखसम्म जरिवाना हुन्छ’, कार्यकारी निर्देशक पन्थीले भने ।  

पाल पञ्चांग निर्णायक विकास समितिको गठन आदेश २०७७ को दफा ७ (ञ) र (ढ मा समितिबाट स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न पाइने भन्ने व्यवस्था छ ।

उक्त समितिको दिग्दर्शनको परिच्छेद १५ मा स्वीकृत नलिइ पात्रो तथा क्यालेन्डर प्रकाशन गरे १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । -रासस

प्रतिक्रिया