२६ सय ४२ दशमलव १५ बिन्दुमा नेप्से, सातामा १६ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ फागुन ८ गते १३:३९

काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय ४२ दशमलव १५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५२ दशमलव ६७ बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय ५४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख ६३ हजार छ सय ३४ पटकको कारोबारमा चार करोड एक लाख ७५ हजार चार सय ५० कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ३० करोड ७१ लाख ८४ हजार सात ७६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ३५ अर्ब रुपैंयाँले कम हो ।

नेप्सेमा गत साता तीन सय ३७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार चार लाख ९२ हजार पाँच सय ६३ पटकको कारोबारमा १२ करोड १७ लाख ८१ हजार ५३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम ५० अर्ब ८४ करोड ४८ लाख ७९ हजार तीन ८७ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा दुई कार्य दिन मात्र खुल्ला रहेको थियो । खुलेको मध्ये दोस्रो र तेस्रो दिन नैं नेप्से घटेको थियो भने बाँकी दिनहरुमा सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दोस्रो दिन नेप्से परिसुचक आठ दशमलव १६ अंकले ओरालो लागेर दुई हजार छ सय ६२ दशमलव ९१ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले ओरालो लागेर चार सय ५५ दशमलव ६६ बिन्दुमा झरेको थियो ।

तेस्रो दिन पनि नेप्से परिसुचक २० दशमलव ७५ अंकले ओरालो लागेर दुई हजार छ सय ४२ दशमलव १५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ६७ बिन्दुमा झरेको थियो । चौंथो र पाँचौं दिन पनि सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा रिडी हाईड्रोपावर कम्पनी, आखुखोला जलबिद्युत आदि अगाडि परेकाका छन भने सेयर कारोवार भएको पनि यिनै कम्पनीहरुको वर्चश्व रहेको छ ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया