नेप्सेमा झिनो अंकले सुधार, दुई अंकले बढ्दा पाँच अर्ब १३ करोडको सेयर किनबेच

नेपालखोज २०८२ फागुन ११ गते १५:३३

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो दिन २७ दशमलव ५९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने दुई दशमलव ४१ अंकले बढेर २६ सय १६ दशमलव ९७ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३६ अंकले बढेर चार सय ५१ दशमलव शुन्य पाँच अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको ५६ हजार तीन सय ४७ पटकको कारोबारमा एक करोड २६ लाख २१ हजार एक सय ८८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार नौ सय ४६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छवटा समूहहरुको सूचक बढेर बाँकी समुहहरुको सूचक घटेका छन् ।

जसमध्ये बाँणिज्य बैंक समूहको सूचक तीन दशमलव ९१ अंकले बढेर १३ सय ५४ दशमलव ५६ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ५० दशमलव २४ अंकले बढेर ५५ सय ७३ दशमलव ८८ अंकमा पुगेको छ ।

फाइनान्स समुहको सुचक पनि १३ दशमलव ५७ अंकले बढेर २४ सय १८ दशमलव २५ अंकमा चढेकोमा जीवन बीमा समूहको सुचक पनि नौ दशमलव ४० अंकले बढेर १२ हजार पाँच सय १८ दशमलव ४१ अंकमा पुगेको छ । लगानी र अन्य समूहको सूचक पनि क्रमशः शुन्य दशमलव ३८ र एक दशमलव ८६ अंकले बढेका छन् ।

यी बाहेक जल बिद्युत समुहको सुचक आठ दशमलव १२ अंकले घटेर ३४ सय २६ दशमकलव ५१ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि २४ दशमलव ६० अंकले घटेर १० हजार सात सय ८५ दशमलव ५० अंकमा झरेको छ ।

यसैगरी होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः २५ दशमलव १७, छ दशमलव १०, तीन दशमलव ३८, शुन्य दशमलव शुन्य आठ र एक दशमलव शुन्य आठ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया