संस्थागत निक्षेप लगानीको लागि अफर, बैंकिङ प्रणालीमा एक अर्ब १० करोड रुपैयाँ राख्दै राष्ट्र बैंक

नेपालखोज २०८२ फागुन ११ गते २१:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले सोमबार वाँणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो ।

बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि फेवु्रअरी २७, २०२६ देखि फेव्रुअरी २७, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले यही फागुन १३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि ८८ करोड, विकास बैंकहरुको लागि १६ करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि पाँच करोड ५० लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया