एन्फा पुरुष राष्ट्रिय लिग फुटबल प्रतियोगितामा

नेपालखोज २०८२ फागुन १३ गते २१:०८

काठमाडौं । एन्फा पुरुष राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भगवती क्लब र सातदोबाटो युवा क्लबबीचको खेल बराबरिमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

प्रतिक्रिया