कति छ राष्ट्र बैंकमा लगानीयोग्य रकम ?, बैंकिङ प्रणालीमा आज पनि छ अर्ब ३४ करोड १७ लाख राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले छ अर्ब ३४ करोड १७ लाख रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बिहिबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।
बैंकको बिभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि मार्च १३, २०२६ देखि मार्च १३, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही फागुन १७ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि पाँच अर्ब सात करोड ३५ लाख, बिकास बैंकहरुको लागि ९५ करोड १२ लाख र फाईनान्स कम्पनीहरुको लागि ३१ करोड ७० लाख रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।


प्रतिक्रिया