अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५ ग्राम सहित काठमाडौं बागबजार बस्ने डोटी घर भएका २३ वर्षीय सुवास खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बा.प्र.०२–०४४ प ५८०१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
इलामको सुर्योदय नगरपालिका–१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका–९ काजीफाट बस्ने २९ वर्षीय बुद्द तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ८७ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा चैनपुर नगरपालिका–११ बस्ने २४ वर्षीय रोसन सुवेदी र भोजपुर हतुवागढी गाउँपालिका–३ बस्ने २२ वर्षीय सुबास राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८–००१ ख ००९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित बिर्तामोड नगरपालिका–५ जात्रुबारी बस्ने २९ वर्षीय अर्जुन राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ३४ वर्षीय रमेश सार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–३ ज्योतिनगर सुकुम्बासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, भोमिन ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका–४ हसौरा बस्ने २६ वर्षीय अर्जुन गुरूङ, १९ वर्षीय मनिस महतो र सोही नगरपालिका–३ बस्ने २२ वर्षीय अमन पुन रहेका छन् । उक्त स्थानामा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.प्र.०४–००१ प ७४०२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक सडकमा बा.११ च ४७३८ नम्बरको मिनि टाटाले बा. ८१ प ४५६ नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी हाईट बस्ने ३० वर्षीय पबन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मिनि टाटा चालकलाई नियन्त्रणमा लिएको छ ।
चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडी चोकस्थित सडकमा बागमती प्रदेश ०१–००६ ख ५२१७ नम्बरको बसको ठक्करबाट धनुषा धनुषाधाम नगरपालिका–२ बस्ने ५२ वर्षीया सिकील देवी पूर्वेको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रण लिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित प्रगती टेक्सटायल अगाडि सडकमा प्रदेश १–०१–००१ च ७५०५ नम्बरको कारको ठक्करबाट पैदलयात्री सप्तरी छिन्नमस्ता गाउँपालिका–६ बस्ने ४७ वर्षीय गिरिजा नन्द शाहको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त कारले प्र.१–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका कार चालकको विराट नर्सिङ होम अस्पतालमा तथा टेम्पो चालक र टेम्पोमा सवार १ जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–११ गुप्ता टोलस्थित सडकमा को.२५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दुहबी नगरपालिका–५ बस्ने ३२ वर्षीय बिजय ऋषिदेवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोशी न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पाको रैनादेबी छहरा गाउँपालिका–१ भर्लेस्थित सडकमा लु.२ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिम बहादुर सोमईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित सडकमा ज.१ त ६७३९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका–५ खयरबनी बस्ने राम नन्दन यादवकी छोरी ६ वर्षीया अस्मिता कुमारी यादवको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी एकेडेमीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
संखुवासभाको चैनपुर नगरपालिका–९ त्रिशुले बस्नेज लेख बहादुर खत्रीको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बाँकेको नेपालगंज उपमहानगरपालिका–४ गणेशपुर चोकमा सोही ठाउँ बस्ने २६ वर्षीय संसद शेखले संचालन गरेको प्यारिस क्याफेमा विद्युत सर्ट भई गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
तारकेश्वर नगरपालिका–१० छन्त्याल चोक डेरा गरी बस्ने लम्जुङ घर भएका लिला परियारको कोठाबाट नगद तथा सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर समेत गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया