अन्तिम कारोबार दिन पनि उक्लियो नेप्से, छ अंकले बढ्दा चार अर्ब १७ करोडको शेयर किनबेच

नेपालखोज २०८२ फागुन १४ गते १५:३८

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । अघिल्लो दिन १० दशमलव ३० अंकले बढेको नेप्से आज पुन छ दशमलव शुन्य तीन अंकले बढेर २६ सय ५४ दशमलव ९३ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले बढेर चार सय ५६ दशमलव ५१ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ४४ हजार दुई सय चार पटकको कारोबारमा एक करोड ५३ हजार एक सय ४५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १७ करोड ४६ लाख ३० हजार पाँच सय १५ रुपैंयाँ २८ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेकाछन् ।

जसमध्ये होटल तथा पर्यटन समुहको सुचक १२ दशमलव २५ अंकले घटेर सात हजार दुई सय २३ दशमलव ८४ अंकमा पुगेकोमा छ भने उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः ३८ दशमलव ७१, १४ दशमलव शुन्य एक र शुन्य दशमलव शुन्य पाँच अंकले घटेकाछन् ।

यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ८० अंकले बढेर १३ सय ७० दशमलव ६० अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि सात दशमलव ३८ अंकले बढेर पाँच हजार छ सय ५५ दशमलव ५४ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि १७ दशमलव ४३ अंकले बढेर २४ सय ४४ दशमलव ४० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक दशमलव ८६ अंकले बढेर ३४ सय ८५ दशमलव ७२ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि चार दशमलव ५६ अंकले बढेर १२ हजार आठ सय ३७ दशमलव ३१ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय १९ दशमलव ४० अंकले बढेर १० हजार नौं सय ८२ दशमलव ५९ अंकमा पुगेको छ ।

यसैगरी लगानी, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः शुन्य दशमलव ३७, एक दशमलव १९ र १६ दशमलव ८५ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा १० प्रतिशत नबिल बैंक ऋणपत्र २०८२ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने अपी पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया