अवैध लागूऔषधसहित तीनजना पक्राउ

बाँके । कोहलपुर नगरपालिका–८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका–५ चिलरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–४ बस्ने २१ वर्षीय सेबक बहादुर थापा र सल्यान छत्रेश्वरी गाउँपालिका–५ बस्ने २५ वर्षीय गौरब वली रहेका छन् । इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले सेबकले प्रयोग गरेको भे.१३ प ९३७३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
अछामको मेल्लेख गाउँपालिका–५ रावतवाडा बस्ने ६८ वर्षीय नन्दे साउद सोही गाउँपालिका–५ रावतवाडास्थित बुके डाँडा खोलाको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–९ ठुल जात्रीस्थित भेरी नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । झापाको मेचीनगर नगरपालिका–१० ताराबारी बस्ने ५६ वर्षीय घुटु उराव आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया