नेप्से २६ सय ५४ दशमलव ९२ बिन्दुमा, सातामा २४ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ फागुन १५ गते १३:०८

काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय ५४ दशमलव ९३ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५६ दशमलव ५१ बिन्दुमा कायम भएको छ ।

सातामा तीन सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ७० हजार तीन सय ८८ पटकको कारोबारमा पाँच करोड ८४ लाख ८५ हजार छ सय ८१ कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २४ अर्ब ६९ करोड ६५ लाख ५८ हजार तीन सय ६० रुपैयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा झण्डै आठ अर्ब रुपैयाँले बढी हो । गत साता तीन सय ५४ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।

जसअनुसार एक लाख ६३ हजार छ सय ३४ पटकको कारोबारमा चार करोड एक लाख ७५ हजार चार सय ५० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ३० करोड ७१ लाख ८४ हजार सात ७६ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन ओरालो लागेको नेप्से बाँकी चार कार्य दिन लगातार उकालो लागेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक २७ दशमलव ५९ अंकले ओरालो लागेर दुई हजार छ सय १४ दशमलव ५५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २७ अंकले ओरालो लागेर चार सय ४९ दशमलव ३९ बिन्दुमा झरेको थियो ।

दोस्रो दिन नेप्से परिसुचक दुई दशमलव ४१ अंकले उकालो लागेर दुई हजार छ सय १६ दशमलव ९७ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले उकालो लागेर चार सय ५१ दशमलव पाँच बिन्दुमा चढेको थियो ।

तेस्रो दिन पनि नेप्से परिसुचक २१ दशमलव ६२ अंकले उकालो लागेर दुई हजार छ सय ३८ दशमलव ६० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले उकालो लागेर चार सय ५३ दशमलव ३७ बिन्दुमा चढेको थियो ।

चौथो दिन पनि नेप्से परिसुचक १० दशमलव ३० अंकले उकालो लागेर दुई हजार छ सय ४८ दशमलव ९० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २० अंकले उकालो लागेर चार सय ५४ दशमलव ५७ बिन्दुमा चढेको थियो ।

पाँचौं दिन पनि नेप्से परिसुचक छ दशमलव शुन्य तीन अंकले उकालो लागेर दुई हजार छ सय ५४ दशमलव ९३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले उकालो लागेर चार सय ५६ दशमलव ५१ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा आखुखोला हाईड्रोपावर कम्पनी लिमिटेड, अपी पावर लिमिटेड आदि अगाडि परेकाका छन भने सेयर कारोवार भएको पनि यिनै कम्पनीहरुको बर्चश्व रहेको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया