कुमारी बैंकको फोटो र लामिछानेको फोटो मिलाएर राख्ने
काठमाडौं । कुमारी बैंकमा फेरि अर्को लफडा भएको छ । बैंकका सञ्चालकलाई खुसी पारेर आफ्नो काम देखाउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकका उच्च तहका कर्मचारी, शाखा प्रमुख र अडिडरहरु समेतलाई मानसिकरुपमा टर्चर दिने गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार प्रमुख कार्यकारी खनालको सोही टर्चरकाकारण यसैसाता बैंकका अडिटर भरत थापाले आत्महत्या गरेका छन् ।
भक्तपुरको कटुञ्जे निवासी थापाले भक्तपुर कै पाईलट डाँडामा गएर बिष सेवन गरी आत्महत्या गरेका छन् । परिवारबाट सम्पर्क बिहिन भई पाईलट डाँडामा मृत अवस्थामा थापाको लास फेला परेपछि परिवार तथा आफन्तजनले आत्महत्या दुरुत्साहन मुद्धाको लागि बैकका प्रमुख कार्यकारी अधिकृत खनालको नाउँमा किटानी जाहेरी दर्ता गर्नको लागि भक्तपुरको प्रहरी बृत जगाती पुगेका थिए । तर प्रहरीले खनालको नाउँमा किटानी जाहेरी लिन नमानेको श्रोतले बताएको छ ।
सो पश्चात थापाका परिवार तथा आफन्तजनले आत्महत्याको ठोस कारण खोजी पाउँ भन्दा बिष सेवन गरी आत्महत्या भएको भन्दै जाहेरी दर्ता दिएका थिए । उक्त जाहेरीमा बैंकसंग पनि सोधपुछ गरिने उल्लेख थियो । यता बैंकले भने अडिटर थापाले आत्महत्या गरेपछि परिवार तथा आफन्तजनको बैंकमाथिको आक्रोशलाई मत्थर पार्नको लागि स्वर्गीय थापाका छोरीलाई बैंकमा जागिर दिने सहमती गरेको पनि श्रोतले बताएको छ ।

प्रतिक्रिया