होली र निर्वाचनका दिनहरुमा पनि बैंकहरु खुल्ने

नेपालखोज २०८२ फागुन १८ गते १५:००

काठमाडौं । होली र निर्वाचनका दिनहरुमा पनि बैंक तथा फाईनान्स कम्पनीहरु खुल्ला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले होली तथा निर्वाचनका दिनहरुमा पनि बैंक तथा फाईनान्स कम्पनीहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा सार्वजनिक सुचन जारी गर्दै होली र निर्वाचनको समयमा पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरु खुल्ला राख्ने बारेमा राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै भनेको छ, निर्वाचन आयोग नेपालको पत्रबाट प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सुचारु/सञ्चालन गरिदिन यस बैंकलाई अनुरोध भएबमोजिम सम्बत् २०५२ साल फागुन २१ गते बिहीबारका दिन हुने प्रतिनिधि सभा सदस्य आमनिर्वाचनका सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) द्वारा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा भएको तथा २०८२ फागुन १८ गते हिमाली र पहाडी जिल्ला लगायतका ५६ जिल्लामा तथा २०८२ फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्व÷फागु पूर्णिमाको सार्वजनिक बिदा हुने भएकाले उक्त सार्वजानिक विदा अवधिमा सिमित बैंकिङ सेवा प्रवाह÷सञ्चालन गर्ने व्यवस्था मिलाउनहुन यो सूचना जारी गरिएको छ ।

राष्ट्र बैंकका अनुसार यो सुचना अनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्धारा भुक्तानी व्यवस्था र राजस्व दाखिला, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारहरुको नगद वा चेक वा अन्य विनिमेय साधनहरुको दाखिला, भुक्तानी लगायतका बैंकिङ सेवाहरु सुुचारु हुने छन् ।

प्रतिक्रिया