अमेरिकी रक्षामन्त्रीले भने- ट्रम्पको हत्या गर्ने प्रयास गर्ने व्यक्ति मारिएको छ
नेपालखोज
२०८२ फागुन २० गते २०:३३

काठमाडाैं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गरेको दाबी गरेका छन् । ‘संयुक्त राज्य अमेरिकाले राष्ट्रपति ट्रम्पको हत्या गर्ने प्रयास गर्ने युनिटको नेतालाई फेला पारेर मार्यो’ हेगसेथले मंगलबार भने ।
बीबीसी संवाददाता टम बेटम्यानले हेगसेथलाई इरानको मिनाबमा रहेको बालिका विद्यालयमा भएको आक्रमणको बारेमा थप विवरण दिन सक्नुहुन्छ कि भनेर सोधे ।
यसबारे हेगसेथले भने, ‘हामी यसको अनुसन्धान गरिरहेका छौं। हामी कहिल्यै पनि सर्वसाधारणलाई लक्षित गर्दैनौं, तर हामी यसको अनुसन्धान गरिरहेका छौं ।’
जब बेटम्यानले स्कूलमा कसले बम विस्फोट गराएको हो भनेर थाहा छ कि भनेर सोधे, हेगसेथले जवाफ दिए, ‘हामी अनुसन्धान गरिरहेका छौं।’ बीबीसी
सम्बन्धित

प्रतिक्रिया