सर्लाही ३–४ मा रास्वपाका साह र सिंह विजयी

बरहथवा (सर्लाही) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्दा उनको निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए ।
रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए । नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेका निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए । एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो । –रासस
सर्लाही–३ मा रास्वपाका साह विजयी
बरहथवा (सर्लाही) । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन् । निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उनले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे ।
रास्वपाका साह यस क्षेत्रमा पनि मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम गर्नु भएको थियो । नवनिर्वाचित साहले ३३ हजार ५५२ मतान्तरले विजयी भएका हुन् ।
निर्वाचन परिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार हरिप्रसाद उप्रेतीले पाँच हजार ७७६, नेपाली कांग्रेसका उम्मेदवार विनोद खनालले छ हजार ६२४ र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गरेका थिए । शुक्रबार बिहानबाट सुरु भएको मतगणना आज बिहान सम्पन्न भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

प्रतिक्रिया