कांग्रेसका सभापति गगन थापा भने- आफ्नो क्षमता अनुसारको प्रयास जारी राख्नेछु

नेपालखोज २०८२ फागुन २४ गते १०:४१

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव हारेपछि विजयी भएका रास्वपाका अमरेशकुमार सिंहलाई बधाई दिएका छन् । 

सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै सर्लाही–४ का समस्या सम्बोधनमा आफ्नो क्षमताअनुसारको प्रयास जारी राख्ने बताएका छन् । 

‘सर्लाही क्षेत्र नम्बर–४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ थापाले भनेका छन्, ‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’

प्रतिक्रिया