महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ : उपराष्ट्रपति यादव
नेपालखोज
२०८२ फागुन २४ गते १०:४८

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सो आवश्यकता औँल्याएका छन् ।
उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली महिलाहरूले शिक्षा, राजनीति, समाजसेवा, अर्थतन्त्र, संस्कृतिलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसमा निरन्तरताले मुलुकलाई समृद्धि र प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया