चुनावी नतिजासँगै सेयर बजारमा उछाल, एकैदिन एक सय ६२ अंकले बढ्दा २८ सय ७५ बिन्दुमा उक्लियो नेप्से

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याए संगै सो पछि आज पहिलो दिन सोमबार खुलेको शेयर बजारमा उछाल देखिएको छ ।
रास्वपाको जीत संगै स्थिर सरकार बन्ने आम नागरिकको अपेक्षाका कारण पनि शेयर बजारले नयाँ उचाई लिइएको हो । सो अनुसार नेप्सेमा आज लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द भएको छ ।
नेप्से आज एक सय ६२ दशमलव ९३ अर्थात छ प्रतिशतले बढेर २८ सय ७५ दशमलव ४३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २८ दशमलव ११ अंकले बढेर चार सय ९४ दशमलव ४३ अंकमा पुगेको छ । बजार खुलेलगत्तै नेप्से चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो ।
त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार खुलेको एक मिनेटभित्रै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो ।
सो पश्चात नेप्से १२ बजेर १ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।
त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ । सोही अनुसार नेप्से आज निर्धारित समय भन्दा झण्डै तीन घण्टा अघि नै बन्द भएको हो ।
नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ४० हजार ५१ पटकको कारोबारमा ११ लाख ४३ हजार सात सय ६७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ५५ करोड ५९ लाख ६३ हजार आठ सय ९४ रुपैंयाँ ६६ पैसा पुगेको छ । नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ९७ दशमलव १९ अंकले बढेर १५ सय एक दशमलव ३८ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि तीन सय ४२ दशमलव ७४ अंकले बढेर छ हजार एक सय ३३ दशमलव १३ अंकमा पुगेको छ ।
फाईनान्स समूहको सूचक पनि एक सय ३८ दशमलव ६९ अंकले बढेर २६ सय ७३ दशमलव ४२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि दुई सय ४३ दशमलव ७५ अंकले बढेर तीन हजार आठ सय २० दशमलव ७० अंकमा पुगेको छ ।
जीवन बीमा समूहको सूचक पनि छ सय १० दशमलव ३२ अंकले बढेर १३ हजार छ सय ६० दशमलव ४४ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि चार सय १७ दशमलव ९० अंकले बढेर ११ हजार पाँच सय ६९ दशमलव ६३ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः चार सय २२ दशमलव ९१, सात दशमलव ५०, चार सय ९७ दशमलव छ, दुई सय एक दशमलव १०, शुन्य दशमलव शुन्य तीन, एक सय ३० दशमलव ९२ र दुई सय ८२ दशमलव ३८ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेड परेको छ ।

प्रतिक्रिया