एक लाख घरधुरीमा जोडियो वाई–फाई नेपालको इन्टरनेट

काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई–फाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दाे इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो ।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाई–फाई नेपाल देशभर १०० भन्दा बढी शहरहरूमा विस्तार भईसकेको छ भने ४० भन्दा बढी सम्पर्क कार्यालयहरू मार्फत गुणस्तरीय ग्राहक सेवा प्रदान गरिरहेको छ ।
२०२६ मा तीन वर्ष पुरा गरेको यस वाई–फाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरू मार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाईरहेको छ ।
वाई–फाई नेपालले स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ को रूपमा चिनाउँदै आएको छ र सहजरुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको छ ।
सस्तो तथा सुलभ दरमा भरपर्दाे इन्टरनेट सेवा उपलब्ध गराउँदै वाई–फाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगी/व्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ ।
छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो ।
२०२५ मा वाई–फाई नेपाल आफ्नो बलियो उपस्थितिका साथ नेपालकै उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा पर्न सफल भएको थियो ।
एक लाख ग्राहक जोडिनुले ग्राहकहरूको वाई–फाई नेपाल प्रतिको माया र विश्वास दर्शाउँछ । प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले भने, ‘ग्राहकहरूले वाई–फाई नेपाल प्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौं। यो सफलताले हामीलाई हाम्रो सेवा अझै गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्नका लागि हौसला प्रदान गरेको छ ।’
संक्षेपमा वाई–फाई नेपालले देशभर अझ धेरै समुदायसम्म पहुँच विस्तार गर्दै डिजिटल पहुँचको अन्तर कम गर्ने र सबैलाई डिजिटल अवसरमा जोड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।

प्रतिक्रिया